लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल


मोरङ, २०८१ फागुन २१ गते।
धराने मिडिया : मोरङको बिराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन १९ गते दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री भारत बिहार अररियाका २८ बर्षीय अर्जुन मल्लिक, बिराटनगर-१७ का १९ बर्षीय साईनम गुरुङ र लेटाङ नगरपालिका-३ का ४० बर्षीय नबिन तामाङलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ४० ग्राम १४ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर