धरानमा शिक्षकहरुका लागि स्काउट आधारभूत तालिम सुरु
समाचारदाता : गोपाल पौडेल

२०८१ फागुन २३ गते।
धराने मिडिया : फागुन २२ गते बिहीबार देखि कोशी प्रदेश स्काउट कार्यालयको आयोजना तथा सामाजिक विकास मन्त्रालयको आर्थिक व्यवस्थापनमा सामुदायिक माध्यमिक बिधालयका शिक्षकहरुका लागी २०८१/११/२२ गतेदेखि २७ गतेसम्म संचालन हुने स्काउट आधारभूत तालिम उद्घाटन भएको छ।
धरान-८ स्थित लाङ्घाली सामुदायिक वनमा कोशी प्रदेश सभाका माननीय रमेश कुमार बस्नेतज्यूको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहको अध्यक्षता प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीज्यूले गर्नुभएको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव श्री गोपाल प्रसाद दाहालज्यू, शिक्षा अधिकृत श्री हरि प्रसाद दाहालज्यू, प्रदेश कार्यसमितिका पदाधिकारीज्यूहरु, प्रदेश परिषद सदस्यज्यूहरु, धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाज्यू, राष्ट्रिय प्रशिक्षकज्यूहरु, पत्रकारज्यूहरु, सहायक राष्ट्रिय प्रशिक्षकज्यूहरुको सहभागिता रहेको थियो ।
तालिममा कोशी प्रदेशका विभिन्न सामुदायिक बिधालयका ९६ जना शिक्षकज्युहरुको सहभागिता रहेको छ।
तालिममा पुरुषतर्फ राष्ट्रिय प्रशिक्षक श्री नवल प्रसाद उपाध्यायज्यू, सहायक राष्ट्रिय प्रशिक्षक श्री सुशील राईज्यू र महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक श्री शिवानी देवानज्यू कोर्ष लिडर रहनुभएको छ।