धरानको पानवारीबाट लागू औषध सहित पक्राउ
समाचारदाता : गोपाल पौडेल


विराटनगर, २०८१ फागुन २५ गते
धराने मिडिया : इलाम र सुनसरीबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन ।
फागुन २४ गते इलामको इलाम नगरपालिका-९ स्थितमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.१ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिवन्धित लागूऔषध ब्राउन सुगर बरामद भए संगै उक्त गाडी सहित चालक इलाम नगरपालिका-१२ का रोशन लिम्वु र सोही स्थानका मनिष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसै गरी सुनसरीको प्रहरी चौकी पानवारीबाट खटिएको टोलीले धरान उप-महानगरपालिका-६ का २६ बर्षीय योगेश कार्की र धरान-१० का २२ बर्षीय लोक बहादुर मगरलाई निषेधित औषधी ट्रामाडोल १२७ ट्याव्लेट, डिकोलिक ११५ ट्याव्लेट, स्पास्मो र स्पासपेन २३ ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।
लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर