राप्रपाले जरिवाना नतिर्ने घोषणा
समाचारदाता : गोपाल पौडेल
२०८१ फागुन २६ गते
धराने मिडिया : राप्रपाले गरेको कार्यक्रममा फोहर गरेको कसुरमा पोहोर साल काठमान्डौ महानगरले रू २५ हजार जरिवाना गरेको थियो, त्यो जरिवाना राप्रपाले तिऱ्यो।
त्यस्तै एमालेले गरेको गत पुषको दरबार मार्गको कार्यक्रममा गरेको फोहर वापत काठमहानगरले रू १ लाख जरिवाना गरेको थियो तर एमालेले तिर्दिनँ भन्दै अझसम्म तिरेको छैन।
अहिले फेरि राप्रपालाई महानगरले रू १ लाख जरिवाना तोकेको छ। तर पार्टीले राप्रपाको झण्डा नभएको, राष्ट्रिय झण्डा मात्र बोकेका नेपाली जनताले राजालाई गरेको स्वागत कार्यक्रम हो, यसमा राप्रपा पनि अरूहरू जस्तै गरी सहभागी भएर राजालाई स्वागत गरेको मात्र हो, यसरी राप्रपालाई जरिवाना गर्नु राजाप्रतिको अपमान भएकोले त्यो जरिवाना नतिर्ने घोषणा गरेको छ।



















