लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

मोरङ, २०८१ चैत्र ०४ गते ।

धराने मिडिया : मोरङ बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र ०३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका-२ का २० बर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोईन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका-३ का २४ बर्षीय उत्तम याख्खा, सुन्दरहरैचा नगरपालिका-५ का ४५ बर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनग