वेवारीसे अवस्थामा रहेको गाँजा वरामद
समाचारदाता : गोपाल पौडेल

२०८१ चैत्र १७ गते ।
धराने मिडिया : उदयपुरको बेलका नगरपालिका-६ स्थित खोला किनारमा वेवारीसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको छ ।
चैत्र १६ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले मुर्ती खोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा (३९ पोका) वेवारीसे अवस्थामा फेला पारेको हो ।
वरामद भएको उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याईएको र ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भईरहेको छ ।
यसै गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका-१२ का रोहित झा र विवेक बि.क.लाई प्रतिवन्धित लागूऔषध ट्याव्लेट ६० चक्की सहित पक्राउ गरेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर