मिस्टर एण्ड मिस एस.ई.ई धरानको दोस्रो अडिसन सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८१ चैत्र २१  गते ।

धराने मिडिया : ग्रेस इभेट्सद्वारा आयोजित मिस्टर एण्ड मिस एस.ई.ई धरान २०८१ को दोस्रो अडिसन सम्पन्न भएको छ।

चैत्र २० गते बुधवार धरान-९ स्थित हाङ्कुक सराङ कोरियन रेस्टुरेट् एण्ड बारमा भएको अडिसन कार्यक्रममा धरानका विभिन्न विद्यालयबाट यस वर्ष एस.ई.ई मा सहभागी हुने समूहका विद्यार्थीको सहभागी भएका थिए।

अडिसनमा सहभागी विद्यार्थीहरुले नित्य, गाना र विभिन्न अन्य आफ्ना कलाहरु प्रस्तुत गरेका थिए। हरेक सहभागी प्रतियोगीलाई १ देखि २ मिनेट समय उपलब्ध गराइएको थियो। यस समयमा उनिहरुले आफ्नो परिचय र निर्णायकहरुको सोधिएको प्रश्नको उत्तर दिएका थिए।

6644d0b6-d14d-437b-acb7-7fd913536622cbdbe89c-e357-41b3-8710-cf1903d3e945

प्रतियोगिताको पहिलो अडिसन फागुन १७ गते शनिबार धरान-७ स्थित बुद्ध मार्गमा सम्पन्न भएको थियो।

प्रतियोगिता प्रथम विजेतालाई नगत रु २५ हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजार साथै अन्य विभिन्न पुरस्कार रहेको छ।

यस दोस्रो अडिसनमा मिस ग्रेस एयर होस्टेस २०२५ का विजेता लसता महर्जन, मेघा इन्टरनेसनल कलेजका निर्देशक रोशन श्रेष्ठ, मिसेस स्टेट-१ २०१८ कि फाइनलिस्ट सिम्रन वाइबा तामाङ, यु एन कलेजका संयोजक गगनमान श्रेष्ठ र सामाजिक अभियन्ता मु्ना राई निर्णायकमा रहेका थिए।

2c5b694a-c65d-4782-8813-ddd3ba606f14eb205540-f5c4-4a34-87cf-0705a1d64636