४ नाल भरुवा बन्दुक सहित ३ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८१ चैत्र २५  गते ।

धराने मिडिया : मोरङ र धनकुटाबाट ४ नाल भरुवा बन्दुक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २४ गते साँझ विशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका-८ आमजुङगी सामुदायिक वनमा भरुवा बन्दुक बोकी हिडिरहेको अवस्थामा केराबारी-८ का ४४ बर्षीय मणीराज याख्या राई र ३४ बर्षीय डिल्ली कुमार कार्कीलाई ३ नाल लोड गरेको भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

त्यसैगरी धनकुटाको प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरी टोलीले छथरजोरपाटी गाँपालिका-४ का २८ बर्षीय राम कृष्ण लिम्बुलाई लोड भएको १ थान भरुवा बन्दुक बोकी हिडिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

पक्राउ गरेको उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर