धरानको जंगलमा वेवारिसे शव भेटियो

समाचारदाता : गोपाल पौडेल

२०८१ चैत्र २६  गते ।

धराने मिडिया : धरान ६ पानवारीस्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा एक महिलाको शव फेला परेको छ । 

सोमबार शव जंगलमा रहेको स्थानीयले थाहा पाएका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि प्रहरी कार्यालयबाट टोली खटिएको थियो ।

शवको पहिचान नखुलेपछि प्रहरीले तस्बिर सार्वजनिक गर्दै पहिचानको लागि सहयोगको अपिल गरेको छ ।

प्रहरीले शव पहिचानको लागि सम्पर्क नम्बर (जि.प्र.का. सुनसरीः– ९८५२०९०१२७, ९८५२०४१०६४, १०० इ.प्र.का. धरानः– ०२५–५७४५५५, ९८५२०९०१२६) समेत उपलब्ध गराएको छ ।

प्रहरीका अनुसार मृतक करिब ३०/३२ बर्षकी मंगोलियन जस्तो देखिने वर्णकी छिन् । नाकमा नत्था र कानमा टप लगाएकी छिन् भने माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी छिन् । साथै, हातमा बोलानो घडी र सेतो बाला, सेतो खैरो कलरको जुत्ता भएको हुलिया पनि प्रहरीले सार्वजनिक गरेको छ ।