धरानका महिलाहरुको क्षमता बिकास गर्ने उदेश्यले दुई दिने प्रभावकारी उदघोषण कला तालिम सुरु
समाचारदाता : गोपाल पौडेल


२०८१ चैत्र २९ गते ।
धराने मिडिया : धरानका विभिन्न महिला समुहमा आवद्ध महिलाहरुको क्षमता बिकास गर्ने उदेश्यले दुई दिने प्रभावकारी उदघोषण कला तालिम सुरु भएको छ।
सँगम महिला समुह धरानको आयोजनामा धरान-९ आचार्य लाईन स्थीत गरिमा डान्स सेन्टरको हलमा आजबाट दुई दिने उदघोषण कला तालिम सुरु भएको हो।
सँगम महिला समुह धरानको अध्यक्ष रामकला राईको सभापतित्व भएको तालिमको उदघाटन कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष नरेशकुमार ईवारमले गरेका छन्।
धरान उपमहानगर पालिका वडा नंबर १५ को सहयोगमा सुरु भएको उक्त तालिममा आयोजक सँगम महिला समुह सहित फूलबारी आमा समुह, हातेमालो उद्यमी महिला समुह, फूलबारी आमा समुह, मखमली आमा समुह, निराजन महिला समुह, श्यामचौक आमा समुह, सुन्दर महिला समुह, दिव्यज्योति महिला बचत तथा ऋण सहकारी संस्था, पन्चेबाजा समुहलगायत धरानका विभिन्न वडाका १० वटा महिलाका २१ जनाले उदघोषण तालिममा सहभागिता जनाएको आयोजक समुहकी सचिव कृष राईले बताईन्।
दुई दिने उदघोषण तालिमको प्रशिक्षक एरा आर्ट एण्ड मिडिया प्रा.लि.संचालक सन्जु राई (सुमित्रा) रहेकी छन्।
धरान उपमहानगरपालिका कार्य पालिका सदस्य तथा धरान १५ का वडा सदस्य सृजना नेपाल, तथा धरान १५ नंबर वडा सदस्यहरु रंगलाल गिरी, बादल भट्टराईको विशेष आतिथ्य तथा हातेमालो उद्यमी महिला समुहका अध्यक्ष लिला ढकाल, फूलबारी आमा समुहका अध्यक्ष जमुना खड्का, मखमली आमा समुहका अध्यक्ष मेनुका खड्का, निराजन महिला समुहका उपाध्यक्ष सुनिता लिम्बुलगायतको आतिथ्यमा उक्त तालिमको उदघाटनमा भएको हो।