किरात बायुङ राई सुम्निखिम धरानको कार्य समिति गठन

समाचारदाता : गोपाल पौडेल

२०८१ बैशाख ०१ गते।

धराने मिडिया : किरात बायुङ राई सुम्निखिम सुनसरी जिल्ला कार्य समितिको समन्वयमा धरान नगर द्वल कार्य समिति हेवा हाङ बायुङ ह्वाङगुचा राईको अध्यक्षतामा ९ सदस्यीय  द्वल कार्य समिती गठन मिति २०८१, चैत्र ३० गते सनिवारको दिनमा भएको छ ।

सुनसरी जिल्ला उपाध्यक्ष आईती बायुङ रिनाम्साचा राईको अध्यक्षतामा जिल्ला सचीव कमल बायुङ राई द्वारा कार्यक्रम संचालन गरिएको थियो ।

सस्थाको केन्द्रिय अध्यक्ष ज्ञान बायुङ सेचोचा राई, केन्द्रिय सल्लाहकार आङ बहादुर बायुङ राई, केन्द्रिय सल्लाहकार मन रुम्दाली बायुङ राई, मोरङ जिल्ला कार्य समितिको अध्यक्ष बिर बहादुर युन्बुचा राई र झापा जिल्ला कार्य समितिको अध्यक्ष कृष्ण बायुङ सेचोचा राई, शङखुवासभा जिल्ला कार्य समितिको सदस्य किरण बायुङ राई , शान्ति टोल ईटहरी द्वल कार्य समितिकोको अध्यक्ष शुक्रा राज बायुङ रिनाम्साचा राई एवं बायिङ राई उत्थान समाज धरानको अध्यक्ष बाल बायुङ राई को आतिथ्यमा कार्यक्रम सन्चालन भएको थियो । 

बिचार र बिमर्श राख्ने क्रममा , बायुङ राईहरुको सभ्यता भित्र रहेको लोपोन्मुख , अलिखित , अलौकिक श्रोत लाई ढिलो नगरी संरक्षण , प्रवर्द्धन र ब्यावस्थापन गर्नु पर्ने सल्लाह र सुझाव आएको थियो । नव कार्य समितिको नामावली निम्नलिखित छन :

१) अध्यक्ष - हेवा हाङ बायुङ ह्वाङगुचा राई

२) उपाध्यक्ष - जनक कुमार बायुङ राई

३) सचीव - कमला देवि बायुङ सेचोचा राई

४) सह सचीव - दिल कुमार बायुङ राई

५) कोष अध्यक्ष - कलत्ता बायुङ राई

६) सदस्य - मकर रुम्दाली बायुङ राई

७) सदस्य - पुर्ण बायुङ राई

८) सदस्य - तिलक बायुङ राई

९) सदस्य - प्रकाश बायुङ राई

सल्लाहकार :

१) पुस्त बहादुर बायुङ राई

२) बल बहादुर बायुङ राई

३) सहर मान बायुङ ह्वाङगुचा राई