इटहरीको जुक्ता मेलामा ५० प्रतिशत छुट, फ्याक्ट्रीबाट सिधै मेलामा

समाचारदाता : गोपाल पौडेल

२०८२ बैशाख ०२ गते।

धराने मिडिया : इटहरीको पश्चिम लाइनमा रहेको सूर्य कम्प्लेक्सको अण्डरग्राउण्डमा विभिन्न ६ वटा ब्रण्डका जुक्ता विक्री भइरहेका छन् ।

बिएफ डियर हिल, सुल्याण्ड, स्मार्ट सुज, फस्ट वाल्क, क्रसरोड, रनसुज लगायत ब्राण्डका जुत्तामा उत्पादकले ५० प्रतिशत सम्म छुटमा विक्रीमा राखिएका हुन्।

फ्याक्ट्रीबाट सिधै मेलामा ल्याएर विक्री गरिने जुत्ताहरू वारेन्टीका साथ विक्री भइरहेका छन् । नेपाली जुत्तालाई बजारमा पुर्‍याउने उद्देश्यले सञ्चालित मेला विगतका बर्सहरूमा जस्तै देशैभरी चलिरहेको छ ।

9d6141ad-bfb9-40d2-9234-af5007c4091d

देशैभर विभिन्न सहरहरूमा एकैसाथ मेला लागिरहेकाले जुत्ता उत्पादन कारखानाले उत्पादन र विक्रीलाई सँगसँगै लगेका छन् ।

नेपालमै उत्पादित जुत्ताहरू गुणस्तरीय भएकाले नै ग्राहकको रोजाइमा पर्ने गरेका हुन् ।

चैत २० गतेबाट सुरु भएको मेला इटहरीमा वैशाख मसान्त सम्म चल्ने भएको छ । ४० दिन सम्म चल्ने मेलाको सुरुवात देखि नै ग्राहकको भिड लागिरहेको छ ।

8b2d0974-9a6d-4ea5-b9cc-abc0c0da8873

यसअघि इटहरीमा एक करोड बढीको कारोबार गरेको मेलाबाट यसपटक दुई करोडको अपेक्षा रहेको आयोजकले जनाएको छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र उत्पादनलाई उपभोक्ता समक्ष पुर्‍याएर बानी पार्ने उद्देश्यले मेला गर्न लागिएको हो । 

विगतको अनुभवको आधारमा धेरै उपभोक्ताले मन पराएको कारण पुनः मेला आयोजना गरिएको मेलाका आयोजक तथा नेपाली जुत्ता उत्पादन संघका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले बताए ।

b6a2281a-88f9-436a-ba07-2bdb775961c7

मेलामा विभिन्न नेपाली कम्पनीका जुत्ता सस्तो मूल्यमा पाइने उपाध्यायको दाबी छ । उनका अनुसार बाहिर बजारमा भन्दा आधा सस्तो मूल्यमा जुत्ता चप्पल किन्न पाइन्छ ।

नेपाली ब्रान्डलाई स्थापित गराउने र बजारमा नेपालको उत्पादनको प्रचार गर्ने मुख्य उद्देश्यले यस्ता मेलाहरू आयोजना गरिएको उनको भनाइ छ ।

bd3a0774-901f-413d-bb92-504a2868b5e3