माउण्ट मकालु स्काउट दलको क्याम्प सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२ बैशाख ०३ गते।

धराने मिडिया : सुन्दरहरैचा-३ स्थित माउण्ट मकालु दलले २ दिने नवबर्ष स्काउट  क्याम्प सम्पन्न गरेको छ ।

चैत्र ३० र ३१ गते विद्यालयको प्राङ्गडमा सम्पन्न क्याम्पमा क्याम्पफायर, सर्वधर्म सभाका साथै विभिन्न साहसिक क्रियाकलापहरु समेत सम्पन्न भएका थिए ।

विद्यालयका प्रिन्सिपल हेमन्त कार्कीको सभापतित्वमा सम्पन्न समापन समारोहमा सुन्दरहरैचा वडा नं ३ का वडाध्यक्ष विनोदप्रसाद ढुङ्गाना, नेपाल स्काउटका प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, प्रदेश सदस्यता वृद्धी आयुक्त सन्तोष घिमिरे, स्थानीय प्रमुख आयुक्त मनोज कार्की, प्रदेश अधिकृत नवराज घिमिरे, सहायक राष्ट्रिय प्रशिक्षक प्रदिपकुमार विश्वास, श्याम लामा स्काउटर महेन्द्र इजम लगायतको उपस्थिति रहेको थियो ।

43c88745-9f94-4e46-b61f-0a6eb227cad7


क्याम्पको उत्कृष्ट प्रेटोल डॅाफे हुन सफल भयो भने सुगम गौतम र सायरा राव उत्कृष्ट स्काउट हुन सफल भए ।

उत्कृष्ट हुन सफल स्काउटहरुलाई अतिथिहरुले मेडर र सर्टिफिकेट प्रदान गरिनुभएको थियो ।

हरेक वर्ष  विद्यालयले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने गरेको र त्यसमा स्काउटिङ क्रियाकलापलाई प्राथमिकतामा राखिएको विद्यालयका प्रिन्सिपलले वताउनु भयो ।

स्काउटर एवम् क्याम्प प्रमुख वव्लुकुमार साहले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

b3e5cec8-527b-47dd-8020-1cc8f3b8fd19

301223c4-e114-4054-91a5-35a423765df1