बिजुलीको तार झरेर गाडीमा आगोलागि हुँदा चारजनाको निधन, मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

समाचारदाता : गोपाल पौडेल

विराटनगर, २०८२ वैशाख ०८ गते ।

धराने मिडिया : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिहान ताप्लेजुङमा सवारी साधनमा आगोलागि भई चार जनाको  निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

उहाँले निधन हुनुभएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ।

साथै घाइतेहरूको घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि मुख्यमन्त्री कार्कीले गर्नुभएको छ।

Hikmat Kumar Karki

 आज बिहान ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने क्रममा बिजुलीको तार झरेर गाडीमा आगोलागि हुँदा चारजनाको निधन भएको थियो।

मुख्यमन्त्री कार्कीले घटनामा घाइते भएकाहरूको थप उपचारको लागि काठमाडौँ लैजाने प्रयत्न भइरहेको जानकारी समेत दिनुभएको छ।

 उहाँले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ।

1745212451576