युवा महिलाको विषयमा धरानमा एक दिने छलफल कार्यक्रम सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२ वैशाख ०९ गते।

धराने मिडिया : युवा महिलालाई स्वच्छ र सफा पानी किन महत्वपूर्ण छ भन्ने विषयमा धरानमा एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिकाको हलमा सम्पन्न कार्यक्रममा विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानकी स्त्री रोग विशेषज्ञ डाक्टर पृथा वस्नेतले युवा महिला तथा वालिकाहरुलाई दैनिक जीवनमा मात्र नभएर महिनावारीको र गर्भावस्थाका समयमा झन् वढी महत्वपूर्ण रहेको वताउनुभयो ।

स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय स्काउटका प्रमुख स्काउट एवम् उपप्रमुख अईन्द्रविक्रम वेघा प्रमुख अतिथि रहनुभएको थियो ।

09ef5db5-a3e3-4b51-979e-a3bb9d4eab8ccb7f8564-0a44-4710-b58d-f97804474fbb

नेपाल स्काउटका कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, प्रदेश शैक्षिक पद्दती आयुक्त शुशील राई, प्रदेश परिषद् सदस्य गोपाल पौडेल, स्काउटर वव्लुकुमार साह, दीक्षा राई, नीशा योगी लगायतको उपस्थिति रहेको थियो ।

U4SDGS की संयोजक नवीना मङ्ग्रातीले कार्यक्रमको संयोजन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन स्काउटर वविता गुरुङले गर्नुभएको थियो ।

171b646f-9bb3-46a8-a51e-d8fa88a6957bf04a593e-09a8-4b05-8934-d64fec6ccb81