मिसेस स्टेट २०२५ सिजन थ्रीको दोस्रो अडिसन संपन्न

समाचारदाता : विकास चाम्लिङ राई

२०८२ वैशाख १५ गते ।

धराने मिडिया : डव्लु डव्लु जि (वुमन्स वर्थ गु्रप) को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थी्र कोशि प्रदेशको दोस्रो अडिसन शनिवार संपन्न भएको छ ।

     गृहणि महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थी्रको दोस्रो अडिसनमा ७ जनाले सहभागि जनाएका छन । धरान पुतलि लाइन स्थित चौथो रेष्टरेन्टको हलमा दोस्रो अडिसन संपन्न भएको थियो ।

1745842238979

 वुमन्स वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा संपन्न अडिसनमा निर्णायकको रुपमा महिला संजाल धरानका पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता सविता चाम्लिङ राई, पुर्व मिस कोशि एवं महिला व्यवसायी कृति श्रेष्ठ, कोरियोग्रफर डिजे ललित राई र मिसेस स्टेट दोस्रो सिजनका विजेता पुष्पा फोम्वो रहेको थियो । अडिसनको औपचारिका कार्यक्रममा सहभागिहरुलाई गु्रपका अध्यक्ष सुजता श्रेष्ठले मिसेस स्टेट सिजन थ्री वारे प्रकाश पारेका थिए । कार्यक्रममा दोस्रो सिजनका विजेता पुष्पा फोम्वोले सहभागिहरु माझ मिसेस स्टेट वारे आप्mनो अनुभव सेयर गरेका थिए । अडिसन ११ वजे देखि दुई वजे सम्म चलेको थियो । सहभागिताका लागि सम्पर्क गरिरहेको हुनाले तोस्रो अडिसनको पनि मिति चाडै सार्वजनिक गु्रपका सचिव ज्योति राईले जानकारी गराए ।  मिसेस स्टेट सिजन थ्रीको ग्रान्ड फिनाले जेष्ठ १७ गते शनिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा हुनेछ ।

1745842236629

      मिसेस स्टेट २०२५ सिजन थी्रका विजेताले नगद रु. ५१ हजार, क्राउन, ट्रफि र गिप्mट ह्याम्पर प्राप्त गर्नेछ । फस्ट रनर अपले नगद रु. २५ हजार, क्राउन, ट्रफि र गिप्mट हयाम्पर र सेकेन्ड रनरअपले जनहि क्रमशः नगद  एकाउन्न हजार रुपैया, २५ हजार रुपैया, १५ हजार रुपैया, क्राउन, ट्फि र गिप्mट ह्याम्पर प्राप्त गर्नेछ । यसैगरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस  एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ । उनिहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ । 

1745842233471

1745842230348

तस्विरः विकास चाम्लिङ राई,