मिस्टर एण्ड मिस ग्रेस एस.ई.ई धरानको ट्यालेट राउड सम्पन्न
समाचारदाता : गोपाल पौडेल

२०८२ वैशाख २० गते ।
धराने मिडिया : ग्रेस इभेट्सद्वारा आयोजित मिस्टर एण्ड मिस एस.ई.ई धरान २०८१ को ट्यालेट राउड सम्पन्न भएको छ।
वैशाख १९ गते शुक्रबार धरान-७ स्थित सिध्दि नेवा परिसरको कार्यक्रम भवनमा भएको उक्त कार्यक्रममा धरानका विभिन्न विद्यालयबाट यस वर्ष एस.ई.ई मा सहभागी हुने समूहका विद्यार्थीको सहभागी भएका थिए।
फागुन १७ गते पहिलो अडिसन र चैत्र २० गते दोस्रो अडिसनबाट छनोट भएर २१ जना ट्यालेट राउडमा पुरेका हुन।
ट्यालेट राउडमा सहभागी विद्यार्थीहरुले नित्य, गाना र विभिन्न अन्य आफ्ना कलाहरु प्रस्तुत गरेका थिए।
हरेक सहभागी प्रतियोगीलाई समय उपलब्ध गराइएको थियो। यस समयमा उनिहरुले आफ्नो परिचय र आफ्नो विषेश प्रतिभा प्रस्तुत गरेका थिए।
प्रतियोगिताको फाइनल कार्यक्रम जेठ ९ गते हुने भएको छ ।
प्रतियोगिता प्रथम विजेतालाई नगत रु २५ हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजार साथै अन्य विभिन्न पुरस्कार रहेको छ।
कार्यक्रममा प्रमुख अथिति कोशी प्रदेश सभा सदस्य माननीय ममता योन्जन रहनु भएको थियो भने सभापति ग्रेस इभेट्सका सिइओ सुरज थापा रहेका थिए।
उक्त ट्यालट राउड्को निर्णायकमा मिसेस धरान आइकन २०२४ का पहिलो रनर अप भागिमाया लिम्बु, गायक सुरज भुजेल, चलचित्र निर्माता तथा निर्देशक सागर सिङ्गल, कलाकार अम्बिका ड्वाडि र नित्य कोरियोग्राफर रेश्मा वान्तवा राई रहेका थिए।
कार्यक्रम रोजिना लामेछानेले संचालन गरेका थिए।