लागूऔषध गाँजा बोकेको भारतिय नम्वरको एम्वुलेन्स पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८२ वैशाख २२ गते ।

धराने मिडिया : सुनसरीको रामधुनी नगरपालिका -६ स्थितबाट  लागूऔषध गाँजा बोकेको भारतिय नम्वरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

वैशाख २० गते राती ९ बजे भारतिय नम्वरको एम्वुलेन्सको प्रयोग गरी लागूऔषध गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा सवारी साधनहरु चेक जाँच गर्ने क्रममा रामधुनी-६ पिडारी स्थितबाट BR38P5414 नम्वरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाई छिपाई ल्याउदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएसंगै एम्वुलेन्स चालक बराहक्षेत्र नगरपालिका-४ का २५ बर्षीय श्रीराज कुमार साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर