मिसेस स्टेट २०२५, सिजन थ्री कोशि प्रदेशःसहभागि प्रतिश्पर्धि र अभिभावक संग भेटघाट तथा अन्तरक्रिया

समाचारदाता : विकास चाम्लिङ राई

२०८२ वैशाख २४ गते ।

धराने मिडिया : डव्लु डव्लु जि (वुमन्स वर्थ गु्रप) को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थी्र कोशि प्रदेशको विषयमा सहभागि प्रतिश्पर्धिहरुको अभिभावकहरु संग भेटघाट तथा अन्तरक्रिया गरेका छन ।

     आयोजक डव्लु डव्लु जिले सोमवार धरान ९ स्थित वगैचा रेष्टुरेन्टमा प्यारेन्ट्स मिट कार्यक्रमको आयोजना गरि सहभागि र उनिहरुको अभिभावकहरु संग अन्तक्रिया गरेका हुन।

सहभागि र अभिभावकलाई कार्यक्रमको विषयमा जानकारी गराउन प्यारेन्ट्स मिटको अयोजना गरिएको गु्रपका अध्यक्ष सुजता श्रेष्ठले जानकारी गराइन ।

IMG-20250507-WA0003

कति कुराहरु कार्यक्रम वारे अभिभावक र सहभागि प्रतिश्पर्धिहरु आफैले पनि वुझेका हुदैन वा वुझ्न चाहि रहेको हुन्छन । उनिहरुको जिज्ञासा वुभ्mन र कार्यक्रमको उद्धेश्य वारे जानकारी गराउदै उनिहरु संग अन्तरक्रिया गर्नकै लागि प्यारेन्ट्स मिटको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले वताइन ।

      वुधवार देखि सहभागिहरुको तिन हप्ता प्रशिक्षण क्याम्प सुरु हुने आयोजक गु्रपका सचिव ज्योति राईले सहभागिहरुलाई जानकारी गराइन ।

IMG-20250507-WA0002

उनिहरुलाई धरान ९ स्थित इनलाइट फिटनेसको हलमा कोरियोग्राफर डिजे ललित राईले प्रशिक्षण गराउने राईले वताइन । सहभागिहरुको क्षमता अभिवृद्धि गर्नका लागि तिन हप्ता भित्र उनिहरुलाई सम्वन्धित विज्ञहरु द्धारा नया संविधानमा महिला अधिकार, महिला सशक्तिकरण तथा लैंगिक समानता, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकरात्मक सोचाइ अभिवृद्धि तालिम, संस्कृती र पहिचान सम्वन्धि जानकारीमुलक तालिम, महिला स्वास्थ्य समस्या तथा समाधान सचेतना तालिम, प्राथामिक उपचार तालिम, उद्घोष तथा भाषणकला तालिम, आधारभुत पत्रकारीता तथा फोटोग्राफि सम्वन्धि जानकारीमुलक कक्षा, टेवल शिष्टाचार तालिम, फिटनेस तालिम, आन्मरक्षा तालिम, विजनेस टक, पर्यटन पर्वद्धन कक्षा, अर्गानिक कृषि सम्वन्धि जानकारीमुलक भ्रमण, मेकअप तालिम, र्यामवक तथा क्याटवक सेसन र फोटो सेसन लगायत विषयमा तालिम तथा प्रशिक्षण दिइनेछ  ।

IMG-20250507-WA0003

मिसेस स्टेट २०२५ सिजन थ्रीमा २४ जना प्रतिश्पर्धिले सहभागिता जनाउने आयोजकले जानकारी गराएको छ ।

 मिसेस स्टेट २०२५ सिजन थी्रका विजेताले नगद रु. ५१ हजार, क्राउन, ट्रफि, गिप्mट ह्याम्पर, फ्रि क्रन्च फिटनेस कार्ड र एक वर्षको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछ ।

फस्ट रनर अपले नगद रु. २५ हजार र सेकेन्ड रनरअपले नगद रु. १५ हजार क्राउन, ट्रफि, गिप्mट हयाम्पर, फ्रि क्रन्च फिटनेस कार्ड र एक वर्षको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछ । यसैगरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, वेस्ट ड्रेस, मिसेस  एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ । उनिहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्ने गु्रपका कोषध्यक्ष रोजि ताम्रकारले वताइन ।

IMG-20250507-WA0002

प्यारेन्ट्स मिट कार्यक्रममा नेपाल पत्रकार महासंघ, सुनसरी निर्वतमान अध्यक्ष जनकऋषि राई, गु्रपका सहसचिव छाया श्रेष्ठ, सदस्य हरि मादेन, विनिता आचार्य, लायन्स लिडर टंक गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

मिसेस स्टेट २०२५, सिजन थ्री कोशि प्रदेशको ग्रान्ड फिनाले जेष्ठ १७ गते शनिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा हुनेछ ।