चट्याङ र बिद्युतिय करेन्ट लागेर २ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८२ वैशाख २५ गते ।

धराने मिडिया : उदयपुरमा चट्याङ लागेर १ जना र खोटाङमा बिद्युतिय करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

वैशाख २३ गते अपरान्ह उदयपुरको कटारी नगरपालिका-८ का मान बहादुर मगरको १२ बर्षीय छोरा चित्र बहादुर मगर घर नजिकै रहेको जंगलमा बाख्रा चराउन गएको अवस्थामा बर्षा संगै परेको चट्याङले लागेर घटना स्थलमा नै मृत्यु भएको हो ।

सोही दिन बेलुका ६ बजे खोटाङको ऐसेलुखर्क गाउँपालिका-७ का ३९ बर्षीय बिकाश राईले बिद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी अधिकृत सहितको टोली खटी मृतक लाशको पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर