आर्टमाण्डुको फिल्म 'ऊनको स्वीटर'

समाचारदाता : गोपाल पौडेल

२०८२ वैशाख २६ गते।

धराने मिडिया : आर्टमाण्डुले निर्माण गरेको विपिन कार्की र मिरूना मगर अभिनीत पहिलो फिचर फिल्म 'ऊनको स्वीटर' आज वैशाख २६ गते रिलिज भएको छ।

'ऊनको स्वीटर' नवीन चौहानले निर्देशन गरेका हुन्। निर्देशक चौहानकै लेखन रहेको फिल्म पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा छायाङ्कन गरिएको छ।

फिल्ममा विपिन र मिरूनाका साथमा सुनील पोखरेल, माओत्से गुरूङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू, शारदादेवी सिलवाल, रत्न सुब्बा, मेनुका प्रधान लगायत कलाकारको अभिनय छ।