चट्रयाङ लागेर १ जनाको मृत्यु ३ जना घाईते

समाचारदाता : गोपाल पौडेल

 संखुवासभा, २०८२ जेठ ०१ गते ।

धराने मिडिया : संखुवासभाको चैनपुर नगरपालिका-८ मानेडाडा  स्थित चट्याङले लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन ।

वैशाख ३१ गते साँझ छिमेकीको घरमा बसिरहेको अवस्थामा पानी सँगै परेको चट्याङले लागेर घाईते भएकी ४२ वर्षीया कल्पना तामाङ, ३१ वर्षीया निर्मला तामाङ, १५ वर्षीय प्रतिक तामाङ र १९ वर्षीय रिजन तामाङलाई उपचारार्थ स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा डाक्टरले चेक जाँचको क्रममा निर्मला तामाङलाई मृत घोषणा गरेको हो भने घाईते भएका ३ जनालाई थप उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाईएको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर