विजय जंगको “परित्याग” सार्वजनिक

समाचारदाता : गोपाल पौडेल

२०८२, जेष्ठ ०६ गते।

धराने मिडिया : नवगायक विजय जंगको नयाँ म्युजिक भिडियो “परित्याग” हालै सार्वजनिक गरिएको छ।

भिडियोमा गीतको शब्द, संगीत तथा गायन विजय जंग स्वयंले गरेका छन् ।

माया र भावनात्मक पीडाको कथा बोकेको “परित्याग”  आफैंले गाउदै आफै‌ पर्दामा देखिएका  छन्। 

भिडियो कागज प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो।

गीतमा व्यक्त भावना र संगीत संयोजनले छोटो समयमै दर्शक–श्रोताको ध्यान खिच्न सफल भएको छ।

 विजय जंगले संगीतप्रतिको आफ्नो लगावलाई सशक्त रूपमा प्रस्तुत गरेका छन्।

सार्वजनिक भएको छोटो अवधिमा नै “परित्याग” गीतले दर्शक र श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।