लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ८ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८२, जेठ ०७ गते ।

धराने मिडिया : झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले जेठ ७ गते झापाको बिर्तामोड नगरपालिका-२ का ३८ बर्षीय चन्दन राजबंशी र २५ बर्षीय सुनिल राजबंशीलाई निजहरुकै घर कोठाबाट २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर र ४३ हजार ८० रुपैया सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका-१६ स्थितबाट सुन्दरहरैँचा-७ का ३२ बर्षीय जित प्रसाद सापकोटालाई ब्राउन सुगर १ ग्राम २७ मिलिग्राम सहित र महोत्तरीको बर्दिबास -४ का २२ बर्षीय रबिन बिश्वकर्मालाई ब्राउन सुगर ४ ग्राम ८१ मिलिग्राम सहित पक्राउ गरेको हो ।

यसका साथै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट जेठ ६ गते खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-७ बाट सोही स्थानका २५ बर्षीय अभिषेक लिम्बुको घर कोठाबाट ब्राउन सुगर २ ग्राम १ सय २० मिलिग्राम र स्पास्पेन १० चक्की फेला पारेसंगै बेचबिखनमा संलग्न धनकुटा-७ का १९ बर्षीय सागर सहनी, धनकुटा-१ का २२  बर्षीय राम राई र २४ बर्षीय दवा छिरीङ तामाङलाई नियन्त्रणमा लिएको हो ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर