कुटपिट गरी हत्या गरेको आरोपमा १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

सोलुखुम्बु, २०८२ जेठ १८ गते ।

धराने मिडिया : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ का ४० बर्षीय प्रेम कुमार कुलुङ राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोहि स्थानका २६ बर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ १४ गते  सामान्य वादविवादको क्रममा रघु कुलुङ राईले प्रेम कुमार कुलुङ राईलाई बाँसको भाटा र लाठ्ठीले शरिरको बिभिन्न भागमा कुटपिट गर्दा घाईते भएका उनको महाकुलुङ आधारभुत अस्पताल बुङमामा उपचारको क्रममा  जेठ १६ गते मृत्यु भएको थियो ।

घटनामा संलग्न  रघु कुलुङ राईलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर