करेन्ट लागेर १ जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल


भोजपुर, २०८२ जेठ २२ गते ।
धराने मिडिया : भोजपुरको भोजपुर नगरपालिका-९ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका-९ का ४२ बर्षीय आङतेम्बा शेर्पा रहेका छन । जेठ २० गते अपरान्ह ३ बजे शेर्पाले पेम्बा छेउलिङ गुम्बामा काँचो बाँसमा झण्डा लगाई टाङने क्रममा उक्त बाँसले अचानक विद्युतीय लाईनमा छुन पुगि करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको हो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी अधिकृत सहितको टोली खटि लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान तथा कानुनी प्रकृया भईरहेको छ ।
