डान्स आइडल धरानको मेघा अडिसन सम्पन्न
समाचारदाता : गोपाल पौडेल


२०८२ जेठ २५ गते ।
धराने मिडिया : युनाइटेट डान्स एकेडेमी धरानद्वारा आयोजित स्कुल डान्स आइन्ड धरान सिजन-९ को मेघा अडिसन सम्पन्न भएको छ।
"कला तपाईको मंच हाम्रो" भन्ने मुल नाराका साथ जेष्ठ २४ गते धरान-७ स्थित होटेल रत्न इनमा उक्त अडिसन आयोजना भएको थियो।
धरानका विभिन्न विद्यालयबाट अडिसनमा सहभागी विद्यार्थीहरुले नित्य कलाहरु प्रस्तुत गरेका थिए। हरेक सहभागी प्रतियोगीलाई १ देखि २ मिनेट समय उपलब्ध गराइएको थियो। यस समयमा उनिहरुले आफ्नो परिचय र नित्य प्रस्तुति दिएका थिए।

यस प्रतियोगितामा दुई श्रेणीको उपाधि(सिनियर र जुनियर) पुराकार राखिएको छ। जसमा सिनियर तर्फ प्रथम पुरस्कार रु १,००,००० राखिएको छ भने दोस्रो पुरस्कार रु ५०,००० रखिएको छ। यस्तैगरि जुनियर तर्फ प्रथम पुरस्कार रु ५०,००० राखिएको छ भने दोस्रो पुरस्कार रु २५,००० राखिएको छ।
यस अडिसनमा सिनियर तर्फ ६१ जनाले सहभागिता जनाएका थिए भने जुनियर तर्फ ६६ जनाको सहभागिता रहेको थियो। यस अडिसनबाट हरेक श्रेणीबाट ४०-४० जना छनोट भएका थिए।
यस अडिसनको निर्णायक नित्य प्रशिक्षक तृष्णा राई र सुशात लिम्बु रहेका थिए भने कार्यक्रम १३ वर्षिय रिछिङ गुरुङ्ले सञ्चालन गरेका थिए।