अत्याधिक गर्मीको कारण धरानमा दुई दिन बिदा

समाचारदाता : गोपाल पौडेल

२०८२ जेठ २९ गते ।

धराने मिडिया : धरान उपमहानगरपालिकाले अत्याधिक गर्मीका कारण बिहीबार र शुक्रवार सामुदायिक र संस्थागत विद्यालयहरू २ दिन बिदा दिइएको सूचना जारी गरेको छ ।

केही दिनदेखि अत्यधिक गर्मी बढ्दा विद्यालयहरुमा पठनपाठन लगायत क्रियाकलाप गर्न कठिनाई भइरहेको छ भने बालबालिकाको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले विदा दिने निर्णय भएको उपमहानगरले जनाएको हो। 

उपमहानगरपालिकाका शिक्षा अधिकृत ध्रुवराज खड्काले बुधबार सुचना जारी गर्दै वडा ४ र २० का विद्यालयहरूमा भने भौगोलिक अवस्था र विद्यालयको भौतिक अवस्थाका आधारमा आवश्यकता अनुसार विद्यालयलाई व्यवस्था गर्न अनुरोध गरिएको छ ।