बाख्रा चराउने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु
समाचारदाता : गोपाल पौडेल


२०८२ जेठ ३० गते ।
धराने मिडिया : झापाको कचनकवल गाउँपालिका-७ स्थितमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
जेष्ठ २८ गते कचनकवल बैगुनबारी गाउँपालिक-७ का ६५ वर्षीय किर्खनाथ खनाल आफ्नै बारीमा बाख्रा चराउन गएको अवस्थामा आफैले लगाएको करेन्टको तार बारमा परेर करेन्ट लाग्दा उनको घटना स्थलमै मृत्यु भएको हो ।
घटना सम्बन्धमा जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घटनाको कानूनी प्रकृया पुरा गरी लाशलाई पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल भद्रपुर पठाएको थियो ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर