धनकुटा र सुनसरीबाट लागू औषध सहित ४ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल


२०८२ जेठ ३१ गते ।
धराने मिडिया : धनकुटा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ २९ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थित चेकजाँचको क्रममा बाग्मती प्र.०२-०५२ प ७७५७ नम्बरको स्कुटर चालक दुधौली नगरपालिका-१० सिन्धुलीका ३३ बर्षीय अर्जुन कटुवाललाई २७ ग्राम ९२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै ओसार पसारमा संलग्न उदयपुरको कटारी नगरपालिका-२ का ३३ बर्षीय सुमन माझी समेतलाई नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी रेल्वेले धरान- १६ बाट सोही स्थानका ३४ बर्षीय रोहित बिष्टलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसैगरी इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले साँगुरीगढी गाउँपालिका-६ बाट प्र.१-०२-००१ज ४५२७ नम्बरको गाडी भित्रबाट १० किलोग्राम गाँजा फेला पारी चालक धनकुटा नगरपालिका-९ का २० बर्षीय बालकृष्ण मगरलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर