मेरो डान्स युनिभर्समा प्रस्तुति दिन धरानको युनाइटेड डान्स एकेडेमी, वडा अध्यक्षद्वारा विदाई

समाचारदाता : गोपाल पौडेल

२०८२ जेठ ३१ गते ।

धराने मिडिया : सर्वाधिक धनराशिको पुरस्कार राखिएको टिभी नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’को दोस्रो श्रृंखलामा आफ्नो फानल प्रस्तुति दिन धरानको युनाइटेड डान्स एकेडेमी काठमाडौ प्रस्तान गरेको छ।

गत शुक्रवार धरान-१९ स्थित पर्बत बोडिङ स्कुलको प्राङ्गणमा धरान-१५ का वडा अध्यक्ष नरेश इवारामद्वारा विशेष कार्यक्रम गरि टोलिलाई शुभकामनाका साथ विदाई गरिएको थियो।

असार ३ गते प्रतियोगितामा आफ्नो प्रस्तुति दिन जम्मा ३६ जनाको टोलि काठमाडौ प्रस्तान गरेका हुन। फाइलन प्रस्तुतिका लागि प्रतियोगितामा उनीहरुले लिम्बु संस्कृतिको "केलङ नित्य" प्रस्तुत गर्ने छन।

WhatsApp Image 2025-06-14 at 7.44.43 PM (6)WhatsApp Image 2025-06-14 at 7.44.43 PM (5)

‘मेरो डान्स युनिर्भस’मा निर्णायकको रुपमा अभिनेत्री मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर बिसी, किरण थापा र अभिनेत्री शिल्पा मास्के छन् ।

कार्यक्रम सञ्चालकको रुपमा सञ्चारकर्मी नरेश भट्टराई, अभिनेत्री तथा सञ्चारकर्मी रीमा विश्वकर्मा, कमेडियन राजा राजेन्द्र पोखरेल, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ रहनेछन् ।

WhatsApp Image 2025-06-14 at 7.44.43 PM (1)

WhatsApp Image 2025-06-14 at 7.44.43 PM (3)WhatsApp Image 2025-06-14 at 7.44.43 PM (7)WhatsApp Image 2025-06-14 at 7.44.43 PM