‘खाम्बेक फूङ’ लिम्बु पालामको म्युजिक भिडियो विमोचन
समाचारदाता : गोपाल पौडेल


२०८२, असार ०७ गते।
धराने मिडिया : गायिका शान्ति नाल्बोको शब्द तथा स्वर रहेको ‘खाम्बेक फूङ’ लिम्बु पालामको म्युजिक भिडियो विमोचन भएको छ।
लिम्बु सँस्कृति झल्किने उक्त म्युजिक भिडियोको विमोचन याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नबिन मेन्याङ्बोले गरेका छन्।
उक्त पालमको भिडियो निर्माणले नेपाली धर्तीमा उब्जेको लिम्बु जातीहरुको मौलिक सँस्कृतिक पालम तथा धान नाच संरक्षण, सम्बद्र्धन गर्न थप भूमिका खेल्ने प्रमुख अतिथी मेन्याङ्बोले बताएका छन्।

गरिमा डान्स सेन्टर धरानका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको निर्देशन, म्युजिक मिडिया धरानका संचालक विजय श्रेष्ठको संगीत संयोजन, भिजुअल फिल्म् स्टुडियोका संचालक एडम लिम्बुको छायांकनमा निर्माण तथा चलचित्रकर्मी तथा नृत्य निर्देशक सानुराजा थेगिमको व्यवस्थापनमा बनेको उक्त भिडियोको बिमोचन धरान–९ स्थीत एचके मेलोडी क्लबमा भएको हो।
पालमको कलाकारहरु शान्ति नाल्बो, याम सुब्बा, कर्ण सम्बाहाम्फे, उदय कुरुमबाङ, मन्जु राई, रोजनी तेयुङ, सीता नाल्बो, मनोज तेम्बुङ, अमित गुरुङ, अर्जुन नाल्बो, सुदिप थक्लुङ, राजकुमार कुरुम्बाङ, खिरमान खजुम, विष्णु हाङगाम, हरि मादेन, बिमला राई, अस्मिता नाल्बो, समिक्षा तेम्बुङ, कौशिला तेम्बुङ, धनमाया लिवाङ, भक्तिमाया नाल्बो, जानुका तेम्बुङलगायतको अभिनय रहेको छ।
यसैगरी उक्त पालम बाल कलाकारहरु बिअन स्याङ्बो तामाङ, आस्था राई, टिका मगरको अभिनय तथा फागो चोङबाङ केलाङ समुह धरान–१२ र गरिमा डान्स सेन्टर धरानका कलाकारहरुको कोरस नृत्य रहेको छ।