करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु
समाचारदाता : गोपाल पौडेल


सोलुखुम्बु, २०८२ असार ०८ गते ।
धराने मिडिया : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका-११ घुन्सा नुनथला स्थितमा करेन्ट लागेर एक जना विद्युतको कर्मचारीको मृत्यु भएको छ ।
असार ७ गते दिउँसो विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका सोलु दुधकुण्ड-७ भित्ताखर्क का ३५ बर्षीय रविन बस्नेतलाई उपचारकोलागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बु लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको छ ।
