धरान-५ देउरालीबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

सुनसरी, २०८२ असार ११ गते ।

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-५ देउरालीबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेट सहित १ जना पक्राउ परेका छन ।

असार १० गते राती लागू औषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ झर्नाचोक स्थितमा डेरा गरी बस्दै आएका मुन्सन राईको कोठा खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको ट्रामाडोल-८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास-७ हजार ८ सय ९० ट्याब्लेट, नाईट्रेजेपाम-२० ट्याब्लेट,  स्पारेट-२ सय ९५ ट्याब्लेट र कोलिवन-३ सय १२ ट्याब्लेट बरामद गरेको हो ।

प्रतिबन्धित र नियन्त्रित औषधी सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर