बराहक्षेत्रमा स्काउटको ६१३ औं वि.टि.सी र ४५४ औं पि.टि.सी तालिम सुरु
समाचारदाता : गोपाल पौडेल


२०८२, असार ११ गते।
धराने मिडिया : असार ११ गते देखि स्थानीय स्काउट कार्यालय बराहक्षेत्रको आयोजना एवं बराहक्षेत्र नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आर्थिक सहयोहमा ६१३ औं वि.टि.सी र ४५४ औं पि.टि.सी स्काउट आधारभूत तालिम बराहक्षेत्र नगरपालिका सुनसरीमा प्रमुख श्री नन्द कुमारी सुनवारको प्रमुख आतिथ्यतामा उद्द्घाटन भएको छ।
बराहक्षेत्र नगरपालिका-५, कालाबञजार, सुनसरी स्थित श्री ज.डे.ज माध्यमिक विद्यालयमा संचालन हुने तालिममा विभिन्न सामुदायिक माध्यमिक विधालयका शिक्षकहरुको सहभागिता रहेको छ।
तालिमको कोर्ष लिडर सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ र प्रदेश शैक्षिक पद्धति आयुक्त(महिला) सिवानी देवान रहनुभएको छ। तालिम असार ११ गते देखि १६ गते सम्म संचालन हुनेछ।
