स्काउट कार्यालय चौदन्डिगढी वालवालिका सङ्ग मेयर कार्यक्रम सम्पन्न
समाचारदाता : गोपाल पौडेल

२०८२ असार १४ गते ।
धराने मिडिया : नेपाल स्काउट स्थानिय स्काउट कार्यालय चौदन्डिगढी नगर तदर्थ समितिको आयोजना तथा चौदन्डी नगरपालिकाको सहयोगमा वालवालिका सङ्ग मेयर कार्यक्रम विभिन्न शैक्षिक कृयाकलाप सहित सम्पन्न भएको छ्।
कार्यक्रम अन्तर्गत नगरस्तरिय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता र निबन्ध प्रतियोगिता सन्चालन गरी विजेता विद्यार्थीहरुला नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो।
कार्यक्रम स्थानिय स्काउट नगर तदर्थ समितिका संयोजक भविन्द्रकुमार बस्नेतको अध्यक्षता , नगर प्रमुख कालुमान लामाको प्रमुख आतिथ्यता, उपप्रमुख मणिकादेवि दुलाल तथा कोशी प्रदेश स्काउटका प्रमुख आयुक्त हेमन्त भण्डारीको बिशेष आतिथ्यता मा सम्पन्न भएको हो।
कार्यक्रममा वडा न ६ र ९ का वडाध्यक्ष, नगर शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामेश्वर कुंवर, ,नेपाल स्काउट कोशी प्रदेश कार्यकारी समिति सदस्य सन्तोष बस्नेत,नगर शिक्षक महासंघ का अध्यक्ष रित बहादुर मगर, नगर प्याब्सनका अध्यक्ष अशोककुमार राई , ज्योती माध्यमिक विद्यालय का प्र अ राजकुमार ओझा,व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटवाल, सिद्देश्वरी माविका ब्यबस्थापन समिति अध्यक्ष बिक्रम गिरी स्थानिय युवा, बुद्दिजिवि , समाजसेवि तथा स्थानिय शिक्षाप्रेमिको उल्लेख उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश स्काउट प्रमुख आयुक्तले यस नगरमा स्काउटिङका माध्यमबाट वालवालिकामा शारिरिक , मानसिक अनि संबेगात्मक विकासका लागी र वालवालिकामा परोपकार, सहयोगी भावना, अनुशासन , नैतिकता र कर्तव्य तथा सहाषिपनको क्षमता अभिवृद्दि गर्दै योग्य र दक्ष नागरिक निर्माणमा पालिकाले चाल्ने कदममा प्राबिधिक सहयोग उपलब्ध गराउने प्रतिवद्दता राख्नुभएको थियो।
प्रमुख अतिथि लामाले विद्यालय स्काउटिङ कार्यक्रमलाई विगत देखि नै सहयोग उपलब्ध गराइदै आईएकोमा आगामि आब मा सबै माध्यमिक विद्यालयमा दक्ष स्काउट मास्टर तयार गरी प्रत्येक विद्यालयमा स्काउटिङ सन्चालन गरी चौदन्डिनगरमा परोपकार ,सहयोगी भावना र नैतिकताले सुसज्जित नागरिक उत्पादन गर्दै सभ्य र सम्मुनत चौदन्डिगढी नगरपालिका निर्माणमा टेवा पुग्ने गरी आवश्यक श्रोत व्यवस्थापन गरिने प्रतिबद्द्ता ब्यक्त गर्नु भयो।
साथै कार्यक्रममा उपमेयर मणिकादेवि दुलाल, वडाध्यक्ष अ्म्मर खड्का, लगाएतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रम स्थानिय स्काउट तदर्थ समितिका सदस्य द्रोण पराजुलीले सन्चालन गर्नुभएको थियो भने आशा खड्काले स्वागत गर्नुभएको थियो।