कोशी प्रदेशको विभिन्न स्थानबाट लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल

२०८२ असार १७ गते ।
धराने मिडिया : झापा, मोरङ र सुनसरीबाट लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार १४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका- ५ स्थितमा प्रहरी चौकी भरौलको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १-०२-००१ ज ४६३७ नम्बरको कार भित्रमा कालो प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको १ सय २० किलोग्राम गाँजा सहित कार चालक मोरङ विराटनगरका- ४ का २६ बर्षीय धिरज गोसाई र सोही कारमा सवार जहदा गाउँपालिका- ७ का २२ बर्षीय बिकास यादवलाई नियन्त्रणमा लिएको छ ।
यसै गरी मोरङको रतुवामाई नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचको क्रममा रतुवामाई-४ का ३५ बर्षीय रंजित शर्मा र ३० बर्षीय रोम बहादुर राजबंशीलाई ४१ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
सोही दिन लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका- ७ का २१ बर्षीय रोहित मगरलाई २ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर, विराटनगर-११ का १९ बर्षीय निखिल मल्लिकलाई NITRAZEPAM ७० ट्याब्लेट सहित र इलाका प्रहरी कार्यालय विराटचोकले ट्रामाडोल ९० ट्याब्लेट सहित सुन्दरहरैचा- ९ का २७ बर्षीय अनिल कुमारलाई पक्राउ गरेको छ ।
त्यसैगरी लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाले कनकाई नगरपालिका- ३ का २७ बर्षीय निर्मल बिश्वकर्मा र मोरङ मिक्लाजुङका २० बर्षीय सिसिर लिम्बुलाई २ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर