टिजरबाट चलचित्र "माग्ने राजा" को चर्चा
समाचारदाता : गोपाल पौडेल

२०८२ असार १८ गते ।
धराने मिडिया : फिल्म 'माग्ने राजा' को टिजर सार्वजनिक भएको छ। केदार घिमिरे (माग्ने बुढा)को मुख्य भूमिका रहेको फिल्मको टिजर सोमबार रिलिज गरिएको हो।
केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ ।
गरिब व्यक्तिको धनी बन्ने महत्वाकाङ्क्षाको कथावस्तुमा बनेको फिल्ममा दर्शकले माग्ने बुढा र तक्मे बुढाको जोडीलाई वर्षौपछि यसै फिल्ममार्फत पर्दामा हेर्न पाउनेछन्।
'माग्ने राजा' हरितालिका तीजको अवसर पारेर भदौं ६ गतेदेखि प्रदर्शनमा आउनेछ।
ऋषि लामिछानेको निर्देशन रहने यो फिल्ममा केदार घिमिरे (माग्ने बुढा)सहित, आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल लगायतको मुख्य भूमिका रहनेछ।