विष्णु मेमोरियलले एसइइमा एतिहासिक नतिजा, अभिभावको रोजाइमा किन ?

समाचारदाता : गोपाल पौडेल

२०८२ असार १८  गते ।

धराने मिडिया : राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित शैक्षिक सत्र २०८१ को माध्यामिक शिक्षा परीक्षा(एसइइ)को गत शुक्रबार प्रकाशित नतिजा अनुसार धरानको विष्णु मेमोरियल माविले एतिहासिक नतिजा हासिल गरेको छ ।

विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठका अनुसार सत प्रतिशत नतिजासहित १३१ जना परीक्षार्थी सामेल भएको विद्यालयबाट १ जनाको जिपिए ४.० सहित ३.६१ - ४.०० जीपीए (ए प्लस) सहित १०० जना, ३.२१ - ३.६ जीपीए (ए) सहित २८ जना र २.८१–३.२ जीपीए (बि प्लस) सहित ३ जना विद्यार्थी उत्तीर्ण भएका छन।

गत वर्षको परीक्षामा समेत उक्त विद्यालयबाट धरानको शैक्षिक इतिहासमै पहिलोपटक सर्वोत्कृष्ट नतिजा जीपीए ४.० सहित ९१ जना विद्यार्थीहरूले ए प्लस सहित नतिजा हासिल गरेका थिए।

धरानमा गुणस्तरीय शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई अत्याधुनिक भौतिक, शैक्षिक पूर्वाधारसहित प्रविधिमैत्री शिक्षा प्रदान गर्न क्रियाशिल यस स्कुल विद्यार्थी र अभिभावको रोजाइमा पर्न सफल छ।

यस विद्यालयले विद्यार्थीलाई उसको उज्ज्वल भविष्य र सफल जिवनयापनका लागि सहज हुने किसिमबाट जिवनोपयोगी शिक्षा समेत प्रदान गर्दै आएको छ।

शिक्षा विकास तथा समन्वय इकाई सुनसरीले दिएको जानकारी अनुसार संस्थागत विद्यालयमा विष्णु मेमोरियल मावि र सामुदायिक तर्फ तहरास्थित जनसहयोग मावि उत्कृष्ट भएका हुन् ।

सुनसरी जिल्लाका ११७ सामुदायिक विद्यालय, २०४ संस्थागत विद्यालय, ७ धार्मिक विद्यालय, २ विशेष विद्यालय गरी कुल १३ हजार ६ सय ६३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

Bishnu SEE 2081 Pass