सावित्री स्काउट दलको प्रथम दीक्षान्त समारोह सम्पन्न
समाचारदाता : सुर्य कुमार सुनुवार

२०८२ असार १९ गते ।
धराने मिडिया : केराबारी-५, सतिसालेमा अवस्थित श्री सावित्री माध्यमिक विद्यालयमा गठित श्री सावित्री स्काउट दलको प्रथम दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको छ।
दीक्षान्त समारोहमा २० छात्रा र १२ छात्र गरि ३२ जना दीक्षीत भएका छन।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य, साहित्य अनुभव व्यक्त गर्नुका साथै अर्ग्यानिक ब्याज तथा खाजा वितरण आदि गरि कार्यक्रमलाइ प्रस्तुत गरेका थिए ।
कार्यक्रम सञ्चालक श्री सावित्री स्काउट दलकी स्काउट मास्टर/शिक्षिका समीक्षा राईले गर्नु भएको थियो।
श्री सावित्री माध्यमिक विद्यालयका वि.व्य.स. अध्यक्ष विमल राई ज्यूको सभाध्यक्षता र नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी ज्यूको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो।
स्काउट विद्यार्थीहरुलाई दीक्षान्त दिई ब्याज तथा स्कार्फ वितरण सभाध्यक्ष, प्रमुख आतिथि र अतिथिहरुले गर्नु भएको थियो।
कार्यक्रममा केराबारी गाउँपालिका वडा नं ५ र ६ का वडाध्यक्ष, नेपाल स्काउट सहायक राष्ट्रिय प्रशिक्षक शुशिल राई, विद्यालयका स्काउट मास्टरहरु, विव्यस पदाधिकारी ज्यूहरु, शिक्षक कर्मचारीवर्ग ज्यूहरु, अभिभावक ज्यूहरु लगायत विद्यार्थीहरुको उपस्थिति रहको थियो।