जुनियर मिस्टर एण्ड मिस धरान आइकोनको दोस्रो अडिसन सम्पन्न
समाचारदाता : गोपाल पौडेल

२०८२ असार २१ गते ।
धराने मिडिया : होप धरानद्वारा आयोजित जुनियर मिस्टर एण्ड मिस धरान आइकोनको दोस्रो अडिसन सम्पन्न भएको छ।
शनिवार धरान-७ बुध्द मार्ग स्थित होप धरानको कार्यक्रम हलमा भएको उक्त अडिसन कार्यक्रममा धरान विभिन्न विद्यालयबाट ६ वर्ष देखि १३ वर्ष सम्मको बालबालिकाहरुको सहभागी रहेको थियो।
अडिसनमा सहभागी विद्यार्थीहरुले नित्य, गाना र विभिन्न अन्य आफ्ना कलाहरु प्रस्तुत गरेका थिए। हरेक सहभागी प्रतियोगीलाई १ देखि २ मिनेट समय उपलब्ध गराइएको थियो। यस समयमा उनिहरुले आफ्नो परिचय र निर्णायकहरुको सोधिएको प्रश्नको उत्तर दिएका थिए।
कार्यक्रममा होप धरानका अध्यक्ष निश्चल पलिखे आफ्नो शुभकामना मन्तव्य दिदै सम्पुर्ण सहभागीलाई धन्यवाद व्यक्त गरेका थिए। उनले विगत लामो समय देखि यस्ता प्रतियोगिता कार्यक्रम सञ्चालन गर्दै आएको र सहभागी विद्यार्थी धेरै नयाँ अनुभव सिक्न पाउने पनि जानकारी दिएका थिए।
यस अडिसन कार्यक्रममा मिस्टर एण्ड मिस ग्रेस एसइइ धरान २०२५ का दोस्रो उपविजेता सोनिया राई र मिक्साङ लिम्बु, मिस पब्लिक चोइज विजेता सुप्रिया राई र मिस फोटोजेनिक विजेता पुजा लिम्बु निर्णायकहरु रहनु भएको थियो।
कार्यक्रम सञ्चालन मिस्टर एण्ड मिस ग्रेस एसइइ धरान २०२५ का उपविजेता अन्जली शाहले गर्नु भएको थियो।
प्रतियोगिताको तेस्रो अडिसन असार २८ गते शनि्बार धरान-७ स्थित बुद्ध मार्ग होप धरानको कार्यक्रम हलमा हुनेछ।