भदौ ६ गतेबाट चलचित्र 'जनै हराएको मान्छे : सम्बन्धका धागाहरू'
समाचारदाता : गोपाल पौडेल

२०८२ असार २४ गते ।
धराने मिडिया : हरितालिका तीजको छेको पारेर आगामी भदौ ६ गतेबाट चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रदर्शनमा आउने भएको छ।
आइतबार निर्माण टिमले काठमाडौँसहित देशका आठ वटा सहरबाट एक साथ चलचित्रको पोस्टर सार्वजनिक गरेको थियो।
काठमाडौँ, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट दिउँसो साढे ३ बजे एक साथ चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो।
सार्वजनिक पोस्टरले चलचित्रको कथावस्तु र चरित्र चित्रणबारे धेरै कुरा बताउँछ । हिमाल न्यौपाने निर्देशित फिल्मलाई काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको थियो ।
चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगर, अलवा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ ।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।