धरानमा निर्माण हुने पारिवारिक टेलिश्रृंखला "मायाको घर" को पहिलो भाग सार्वजनिक

समाचारदाता : गोपाल पौडेल

२०८२ असार २५ गते ।

धराने मिडिया : धरानमा निर्माण हुने पारिवारिक टेलिश्रृंखला "मायाको घर" को पहिलो भाग सार्वजनिक भएको छ।

गत मंगलबार धरान-२ स्थित एच के मेलोडी क्लबमा निर्माण टोलिले विषेश कार्यक्रम आयोजना गरि उक्त टेलिश्रृंखला पहिलो भाग सार्वजनिक गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि याक्थुङ चलचित्र कर्मी संघ नेपालका अध्यक्ष नविन मेन्याङ्बोले आफ्नो शुभकामना व्यक्त गरेका थिए। उनले भने,"यस्तो राम्रो प्रयासलाई हामी सबैले साथ दिनु पर्छ र यो टोलिलाई आउने दिनहरुमा अझै अगाडी बढेको जाओस"।  अन्त्यमा उनले सम्पुर्णलाई यो टेलिश्रृंखलाको हरेक भागलाई लाईक र शेयर गरिदिनु हुन पनि आग्रह गरेका थिए।

WhatsApp Image 2025-07-09 at 11.37.56 AM (1)WhatsApp Image 2025-07-09 at 11.37.57 AM

टेलिश्रृंखलाको लेखक तथा निर्देशक प्रकाश लिम्बु हुन भने कलाकारहरु प्रकाश लिम्बु, कमान सिंह राई, बादल चेम्जोङ, कृष्ण लावती, बिना लावती, विनोद रसाइली(जुरेली), सानुराजा थेगिम, उदय सुब्बा, कर्ण साम्बहाफे, रुबेन मगर, जोसेप लिम्बु, अन्जु गुरुङ, लक्ष्मी गुरुङ, नामिक्ष मगर(बाल कलाकार), लिडिया घर्ति( बाल कलाकार), उमा चाम्लिङ, हरि लिम्बु, बिम्ला राई, रोजनि लिम्बु, अंकित राई, तुलसी कट्टेल, मन्जु राई र जेनि याक्खा रहेका छन। 

टेलिश्रृंखलाको सम्पुर्ण छायांकन धरानमा गरिएको हो। टेलिश्रृंखलाको हरेक भाग "Lunga Tv " युटुब च्यानलबाट प्रतेक मंगलबार ७ बजे सार्वजनिक गरिने छ। 

WhatsApp Image 2025-07-09 at 11.37.57 AM (1)WhatsApp Image 2025-07-09 at 11.37.56 AM