३ बर्षीय बालक सहित सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८२ असार २७ गते ।

धराने मिडिया : झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्री प्रसाद राजबंशी, निजको ३ बर्षीय नाती आयुष राजबंशी र  देश भारत किशनगंजका २५ बर्षीय सुरज टुडु रहेका छन् ।

असार २५ गते दिउँसो पौने ४ बजे BR37AZ ६४४० नम्बरको मोटरसाईकल र प्र.१-०१-०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो भने मृतक श्री प्रसाद राजबंशीको बुहारी २७ बर्षीय उर्मिला राजबंशी घाईते भएकोमा B&C अस्पलाल बिर्तामोडमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।