"माया धराने बेसार" - आर्थिक लाभ दिने उद्देश्य

समाचारदाता : गोपाल पौडेल

२०८२ असार २८ गते ।

धराने मिडिया : कृषकहरुलाई आर्थिक लाभ दिने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं २० मा ‘माया धराने’ बेसार उद्योगको उद्घाटन गरिएको छ ।

शुक्रबार एक विशेष समारोहबीच धरानका मेयर हर्कराज राई (साम्पाङ) र वडा नं २० का अध्यक्ष पदम लिम्बुले रिबन काटी उद्योगको उद्घाटन गरेका थिए।

उद्घाटनसँगै प्याकेजिङसहित उत्पादन सुरु भएको ‘माया धराने’ ब्राण्डको बेसारको बजार बिक्री पनि सुरु गरिएको छ।

dharane beshar (4)

उद्योग उद्घाटन समारोहमा मेयर साम्पाङसँगै वडा १५ का अध्यक्ष नरेश इवारम, वडा २० का अध्यक्ष पदम लिम्बु, कार्यपालिका सदस्य एवं आर्थिक विकास समिति अध्यक्ष विनिता बज्रचार्य, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले पनि सम्बोधन गरेका थिए ।

dharane beshar (3)

उद्योगको भवन निर्माणमा उपमहानगरपालिकाले १६ लाख ५० हजार र उपभोक्ताबाट २ लाख ८ हजार ६११ रुपियाँ लगानी गरिएको निर्माण समितिले जनाएको छ।

कार्यक्रममा बेसार उद्योगको लागि जग्गा निःशुल्क उपलब्ध गराउने स्थानीय दाजुभाई सुरेन लिम्बु र शेरबहादुर लिम्बुलाई सम्मान पत्रद्धारा सम्मान पनि गरिएको थियो । 

dharane beshar (5)