स्थानीय स्काउट कार्यालय धरानको प्रमुख आयुक्त स्व. अनुप योन्जन तामाङको स्मृति दिवस सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२ असार २८ गते ।

धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरानले २०८१ असार २८ गते निधन भएका तत्कालीन प्रमुख आयुक्त स्व. अनुप योन्जन तामाङको स्मृति दिवस सम्पन्न गरेको छ।

स्थानीय स्काउट कार्यालय धरानका प्रमुख आयुक्त मधुसूदन घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख तथा स्थानीय स्काउट प्रमुख अइन्द्र विक्रम वेघा रहेका थिए ।

WhatsApp Image 2025-07-12 at 7.00.33 PM (1)

फोटो : मधुसूदन घिमिरे

कार्यक्रममा राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी, पूर्व राष्ट्रिय सचिव वासुदेव भण्डारी, कोशी प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, शैक्षिक पद्धति आयुक्त सुशील राई, सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, वराह क्षेत्रका प्रमुख आयुक्त चेतनाथ भट्टराई, सुन्दर हरैँचाका प्रमुख आयुक्त मनोज कार्की, प्याप्सन सुनसरीका अध्यक्ष नेल्सन थानेश्वर ढकाल, सहायक राष्ट्रिय प्रशिक्षक लक्ष्मण राई, उपप्राध्यापक राजेश विद्रोही लगायतको उपस्थिति रहेको थियो।

WhatsApp Image 2025-07-12 at 7.00.34 PM (1)

फोटो : मधुसूदन घिमिरे

स्व. अनुप योन्जनको व्यक्तिगत जीवनमाथि स्थानीय स्काउट कार्यालयका सल्लाहकार नवीन राईले प्रकाश पार्नु भएको थियो भने उनले पुर्याएको शैक्षिक योगदानका बारेमा प्याप्सन सुनसरीका अध्यक्ष ढकाले अनुप योन्जनले सङ्गठित रुपमा प्याप्सनलाई अगाडि बढाउन उनको विशेष योगदार रहेको बताएका थिए ।

त्यसै गरी उपप्राध्यापक राजेश विद्रोहीले उनको सामाजिक जीवनका बारेमा प्रकाश पारेका थिए । यही अवसरमा धरान क्रियुका रोभर रेन्जरलाई दीक्षा प्रदान गर्नुका साथै स्काप र ब्याज वितरण गरिएको थियो ।

WhatsApp Image 2025-07-12 at 7.00.33 PM

फोटो : मधुसूदन घिमिरे

नेपाल स्काउटको ७४ औँ स्थापना दिवसका अवसरमा आयोजित अनलाइन वक्तृतामा सहभागी तथा विजेता विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस प्रतियोगितामा पब्लिक हाइस्कुलकी तमन्ना बान्तवा राई प्रथम, जेनिथ स्कुलकी अश्लेषा श्रेष्ठ द्वितीय,पब्लिक हाईस्कुलकै ओजस्वी श्रेष्ठ तृतीय र आइडल स्कुलकी स्निग्धा पौडेल सान्त्वना भएकी थिइन् ।

यसै अवसरमा तत्कालीन सुनसरी जिल्ला स्काउटको संगठन, तथा समन्वय आयुक्त भई लामो समयसम्म सेवा गरेका स्काउटर इन्द्र बजगाईंलाई सम्मान गरिएको थियो ।

WhatsApp Image 2025-07-12 at 7.00.35 PM (1)

फोटो : मधुसूदन घिमिरे

नेपाल स्काउटको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका अनुप योन्जन तामाङको निधनले स्काउट विकासमा बाधा पुगेको भए पनि स्थानीय स्काउट कार्यालय सकेसम्म धरानमा स्काउटको विकासमा कुनै कसर बाँकी नराख्ने र प्रतिवर्ष विशेष कार्यक्रम गरी अनुप योन्जन स्मृति दिवस मनाउने कुरा प्रमुख आयुक्त मधुसूदन घिमिरेले बताए ।

WhatsApp Image 2025-07-12 at 7.00.36 PM

WhatsApp Image 2025-07-12 at 7.00.35 PM (2)

WhatsApp Image 2025-07-12 at 7.00.35 PM

फोटो : मधुसूदन घिमिरे