साधुटारमा श्रमदानबाट पदमार्ग निर्माण

समाचारदाता : गोपाल पौडेल

२०८२ असार २९ गते।

धराने मिडिया : केराबारी गाउँपालिका वडा न. ५ स्थित साधुटारमा श्रमदानबाट पदमार्ग निर्माण गरिएको छ।

साधुटारमा अबस्थित पंचकन्या र हलेसी महादेव मन्दिरलाई संरक्षण तथा प्रचारको निम्ति उक्त पद मार्ग निर्माण गरिएको हो।

२०८१ चैत १९ गते देखि सुरु भएको श्रमदान अभियान गत शनिबार ११ औं हप्ता पूरा भएको अवसरमा एक कार्यक्रमबाट स्थानीय श्रमदाताहरु खुशियाली साटासाट गरेका थिए। सोहि दिन विषेश कार्यक्रम मार्फत देश प्रति सम्मान झल्काउदै नेपालको राष्टिय झण्डा फरफराएको थियो।

WhatsApp Image 2025-07-13 at 9.35.10 AM

WhatsApp Image 2025-07-13 at 9.35.09 AMWhatsApp Image 2025-07-13 at 9.39.55 AM

संयुक्त टोल विकास संस्था अन्तर्गत रहेको साधुटार टोल संरक्षण समितीले प्रतेक शनिबार श्रमदान गर्दै आएको हो। टोल विकास संस्थाले हरेक हप्ता वृक्षरोपण कार्यक्रम पनि गर्दै आएको छ। हाल सम्म टोल विकास संस्थाले ३०० भन्दा बढि विरुवा रोपिसकेका छन।

कार्यक्रममा टोल विकास संस्थाको अध्यक्ष राज कुमार कार्कीले सम्पुर्ण सहभागी श्रमदाताहरुलाई धन्यवाद दिए र आउने दिनहरुमा यसरी नै विकास गर्दै जाने पनि जानकारी दिएका थिए।

स्थानीयहरुले शनिबार हुने श्रमदानमा खाजा पनि सहयोग गर्दै आएका छन। 

WhatsApp Image 2025-07-13 at 9.35.09 AM (1)WhatsApp Image 2025-07-13 at 9.35.11 AMWhatsApp Image 2025-07-13 at 9.39.55 AM (1)