जुनियर मिस्टर एण्ड मिस धरान आइडलको ग्रान्ड अडिसन सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८२ असार २९ गते।

धराने मिडिया : होप धरानद्वारा आयोजित जुनियर मिस्टर एण्ड मिस धरान आइडलको ग्रान्ड अडिसन सम्पन्न भएको छ।

शनिवार धरान-७ बुध्द मार्ग स्थित होप धरानको कार्यक्रम हलमा भएको उक्त अडिसन कार्यक्रममा धरान विभिन्न विद्यालयबाट ६ वर्ष देखि १३ वर्ष सम्मको बालबालिकाहरुको सहभागी रहेको थियो।

अडिसनमा सहभागी विद्यार्थीहरुले नित्य, गाना र विभिन्न अन्य आफ्ना कलाहरु प्रस्तुत गरेका थिए। हरेक सहभागी प्रतियोगीलाई १ देखि २ मिनेट समय उपलब्ध गराइएको थियो। यस समयमा उनिहरुले आफ्नो परिचय र निर्णायकहरुको सोधिएको प्रश्नको उत्तर दिएका थिए।

WhatsApp Image 2025-07-13 at 3.51.50 PM

कार्यक्रममा होप धरानका अध्यक्ष निश्चल पलिखे आफ्नो शुभकामना मन्तव्य दिदै सम्पुर्ण सहभागीलाई धन्यवाद व्यक्त गरेका थिए। उनले विगत लामो समय देखि यस्ता प्रतियोगिता कार्यक्रम सञ्चालन गर्दै आएको र सहभागी विद्यार्थी धेरै नयाँ अनुभव सिक्न पाउने पनि जानकारी दिएका थिए। 

WhatsApp Image 2025-07-13 at 3.51.49 PM

यस अडिसन कार्यक्रममा मिस्टर एण्ड मिस ग्रेस एसइइ धरान २०२५ का विजेता(मिस) सृंखला सम्बाहम्फे, विजेता(मिस्टर) रोयन राई, उपविजेता अन्जली शाह, दोस्रो उपविजेता सोनिया राई र मिक्साङ लिम्बु र मिस पब्लिक चोइज विजेता सुप्रिया राई निर्णायकहरु रहनु भएको थियो।

WhatsApp Image 2025-07-13 at 3.51.51 PMWhatsApp Image 2025-07-13 at 3.51.50 PM (1)WhatsApp Image 2025-07-13 at 3.51.52 PM