टिपरको ठक्करबाट स्कुटरको पछाडि सवार ५६ बर्षीया लक्ष्मी गौतमको मृत्यु

समाचारदाता : गोपाल पौडेल

२०८२ असार ३० गते।

धराने मिडिया : झापाको दमक नगरपालिका- ३ स्थितमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

असार २९ गते दिउँसो १२ बजे मे. १ ख २८८४ नम्बरको टिपरले मे. ११ प ५४५३ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदा स्कुटरको पछाडि सवार सोहि स्थानकी ५६ बर्षीया लक्ष्मी गौतमको घटना स्थलमा नै मृत्यु भएको हो ।

ठक्कर दिने टिपर चालक बिर्तामोड नगरपालिका-२ का ४६ बर्षीय तोयानाथ विश्वकर्मालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको छ ।