धरानमा गोरुको मासु खाएको आशंकामा पक्राउ परेका ७ जनालाई राती करिब साढे ८ बजेतिर रिहा

समाचारदाता :  गोपाल पौडेल

२०८२ साउन ०६ गते ।

धराने मिडिया : इलाका प्रहरी कार्यालय धरानले गोरुको मासु खाएको आशंकामा धरान ११ स्वास्तिका चोकबाट सोमबार दिउँसो पक्राउ गरेका ७ जनालाई राती करिब साढे ८ बजेतिर रिहा गरेको छ।

रिहा हुनेमा अमित थेवे, भिम बहादुर लिम्बु, बिन्द्र राई, मिलन राई, समृत मादेन लिम्बु, राजकुमार मगर र अर्जुन कुमार राई रहेका छन।

साँस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवस मनाउने क्रममा औपचारिक कार्यक्रम सकिएपछि इलाका प्रहरी कार्यालय धरानले गोरुको मासु खाएको आशंकामा धरान-११ स्वास्तिका चोकबाट सोमबार दिउँसो उनिहरुलाई प्रक्राउ गरेको थियो।

आयोजक समितिले हरेक बर्ष साउन ५ गतेलाई स्थापना दिवस मनाउने गरेको छ ।